Logo
Logo

सुनिताको स्वरमा ‘तिम्रो मुटुमा’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ माघ । एकदेव लिम्बुको स्वर रहेको ‘तिम्रो मुटुमा’मा बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको छ । लोकप्रिय गायक यशकुमारको शब्द संगीतमा रहेको उक्त गीतमा फिमेल भर्सन सुनिता थेगिमको रहेको छ ।
यसअघि एकदेवकै स्वरमा उक्त गीत आएको थियो । त्यसपछि उनकी आफ्नै बहिनी सुनिता थेगिमले यस गीतमा आवाज दिएकी हुन् । एकदेव र सुनिता दाजु–बहिनी हन् । सुनिताले यसअघि ‘छिरिङ’ सिनेमामा बोलबोल पाखाहरु, तिमीले त मायामा, ए कान्छालगायतका गीतहरु गाइसकेकी छन् । उनी पुर्वेली गीतका लागि निकै चर्चित छिन् ।
गायक तथा नायक यशकुमारको शब्द÷संगीतमा रहेको ‘सिउँदोमा’मा बोलको गीत गाएपछि गायक एकदेव चर्चामा आएका थिए । ‘तिम्रो मुटुमा’ बोलको मेलभर्सनको गीतको भिडियो यसअघि युट्युबमा ट्रेण्डिङमा आएको थियो । यस गीतको भिडियोमा यशकुमार, गायिका सुनिता र रियशाको अभिनय रहेको छ । भिडियोमा कन्सेप्ट यशकुमारकै रहेको छ भने भिडियोलाई गोङ्बाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्