Logo
Logo

मुख्यमन्त्रीमा आम आदमीका केजरीवालको ह्याट्रिक


नयाँदिल्ली/एजेन्सी


नयाँदिल्ली, २९ माघ (एजेन्सी) । आम आदमी पार्टी (आप)का नेता अरविन्द केजरीवाल दिल्लीको मुख्यमन्त्रीमा ह्याट्रिक गरेका छन् । उनी यसपटकसँगै यहाँको तेस्रोपटकको मुख्यमन्त्री बन्दैछन् । उनले यही फेब्रुअरी १६ मा मुख्यमन्त्रीको सपथ लिँदैछन् ।
सपथ ग्रहण समारोह रामलिला मैदानमा आयोजना हुने बताइएको छ । आपले दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी भएको थियो । आपले कूल ७० स्थानमध्ये ६२ स्थान जितेको थियो । दोस्रो स्थानमा रहेको भारतीय जनता पार्टीले ८ स्थानमा मात्र विजय हासिल गरेको थियो ।
यसअघि सन् २०१५ को चुनावमा आपले ६७ तथा भाजपाले ३ स्थान जितेका थिए । शीला दीक्षितको नेतृत्वमा लगातार तीन पटक चुनाव जितेर सरकारको नेतृत्व गरेको भारतीय राष्ट्रिय कांग्रेसले पछिल्ला दुबै चुनावमा खाता समेत खोल्न सकेन ।

प्रतिक्रिया दिनुहोस्