Logo
Logo

वाणिज्य सचिवमा दुवाडी, काफ्लेलाई रोक्न को को लागे ?



काठमाडौं । वाणिज्य सचिव रिक्त भएको लामो समयपछि सरकारले नारायण शर्मा दुवाडीलाई सरुवा गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिव पदमा कार्यरत शर्मा छोटो समयमै वाणिज्य मन्त्रालय फर्किन सफल भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको औद्योगिक प्रवद्र्धन महाशाखाको प्रमुख पदमा कार्यरत रहेकै बेला दुवाडी सचिवमा बढुवा भएर सुदूरपश्चिम पुगेका थिए ।

कमजोर निर्णय क्षमता भएका दुवाडी पुनः वाणिज्य सचिवको रुपमा फर्र्किएपछि मन्त्रालयका कर्मचारीहरु नै अब कसरी काम सकिएला भनेर निराश बन्न पुगेका छन् । महाशाखाको प्रमुखका रुपमा रहँदा दवाडी मसिना भन्दा मसिना काम गर्न पनि हच्किने गरेका थिए ।

आफ्नो स्वार्थभन्दा बाहिरका सानातिना काम गर्नुपरे पनि सचिव र मन्त्रीको मुख ताकेर टार्ने गरेका दवाडीलाई वाणिज्य सचिवमा ल्याउनमा केही बिचौलिया व्यापारी र मन्त्रालयकै सहसचिवको जोडबल रहेको बताइन्छ । मन्त्रालयको द्विपक्षीय व्यापार महाशाखाका प्रमुख रामचन्द्र तिवारी र दुवाडीको सम्बन्ध विगतमा राम्रो भएका कारण वाणिज्यमा ल्याउनमा सहसचिव तिवारीले नै भूमिका खेलेको बताइन्छ ।

मन्त्रीसँग सम्बन्ध स्थापित गरिसकेका तिवारीले दुवाडी वाणिज्य सचिव भएपछि पोस्तादाना, केराउ, सुपारी जस्ता वस्तुहरुको आयात खुलाउन सहज हुने ठानेरै सिफारिस गरेको बताइन्छ ।

दशैं बिदा सुरु हुनुपूर्व तिवारीकै जोडबलमा केराउ लगायत केही वस्तुहरुको आयात सरकारले खुल्ला गरेको छ । तिवारीको कार्यकक्षमा सुपारी र केराउका व्यापारीहरुको भीड दिनहुँ हुने गरेको र सोही सेटिङका कारण सरकारले प्रतिबन्धित वस्तुहरुको आयात खुकुलो बनाउँदै लगेको छ ।

दशैं बिदा सुरु हुनुपूर्व तिवारीकै जोडबलमा केराउ लगायत केही वस्तुहरुको आयात सरकारले खुल्ला गरेको छ । तिवारीको कार्यकक्षमा सुपारी र केराउका व्यापारीहरुको भीड दिनहुँ हुने गरेको र सोही सेटिङका कारण सरकारले प्रतिबन्धित वस्तुहरुको आयात खुकुलो बनाउँदै लगेको छ ।

वाणिज्य विभागको महानिर्देशकमा गजेन्द्र ठाकुरको परिवर्तन हुनुमा पनि तिवारीको च्यानलले काम गरेको चर्चा मन्त्रालयभरि हुने गरेको छ । अहिले विभागको महानिर्देशक तिर्थ चिलुवाल छन् । उनलाई प्रभावमा पारेर सचिवलाई समेत साथमा लिएर तिवारी व्यापारीहरुको काम सेटिङका आधारमा गर्न चाहन्छन् ।

लामो समय प्रदेशमै बिताएका दीपक काफ्लेले यसपटक सिंहदरबार प्रवेश पाउने आँकलन गरिएको थियो । बढुवा भएपछि लुम्बिनी प्रदेशका प्रमुख सचिवबाट कोशी प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएका काफ्ले लामो समयदेखि प्रदेशमै कार्यरत छन् ।

बागमती प्रदेशमा एक वर्ष बिताउँदा उद्योग सचिव मुकुन्द निरौलामाथि अन्याय भएको बताउनेहरुको कमी थिएन । काफ्ले डेढ वर्षदेखि प्रदेशमै खटिरहेका छन् । तर उनको पक्षमा बोलिदिने कोही नहुँदा उनी कोशी प्रदेशमै अड्किएका छन् । उनको पालो शर्माले मिचेर वाणिज्य सचिव बन्न सफल भएका छन् । काफ्लेलाई वाणिज्य सचिव हुन नदिनमा हालका उद्योगसचिव मुकुन्द निरौलाको भूमिकाले पनि काम गरेको बताइन्छ ।

उनी काबिल सचिवका रुपमा चिनिएका काफ्लेलाई साथमा लिएर काम गर्न भन्दा आफूभन्दा जुनियर सचिव शर्मासँग काम गर्न सहज हुने ठानेरै मन्त्रीलाई समेत प्रभावित पारेर उनलाई रोक्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्