Logo
Logo

‘इन्गेजमेन्ट’का लागि घर जाँदै थिइन् महिमा…!


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ फागुन । बुधबार साँझ स्कुटी दुर्घटना हुँदा अभिनेत्री तथा मोडल महिमा सिलवाल र उनकी दिदी शर्मिला सिलवालको निधन भएको छ ।
गजुरी गाउँपालिका–२ चाम्बासस्थित पृथ्वीलोकमार्गमा भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख १३५ नम्बरको बसले चितवनतर्फ जाँदै महिमा र शर्मिला सवार बा९८प ७०५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरी पठाइएकामा घाइते महिमाको उपचारको क्रममा मृत्यु भएको थियो भने घाइते शर्मिलाको काठमाडौंस्थित ट्रमा सेन्टर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१३ गीतानगर निवासी शर्मिला र महिमा घर जाँदै थिए । चितवन जिल्लामा बहिनीको ‘इन्गेजमेन्ट’मा जाँदै गदौ दुर्घटना भएको थियो । पारिवारित स्रोतका अनुसार दुर्घटनामा निधन भएकी अभिनेत्रीको महिमाको ‘इन्गेजमेन्ट’ हुनेवाला थियो ।
ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार बस चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्