Logo
Logo

प्रेम दिवशमा इन्दिराको ‘हल्का हल्का गुनगुनायो’ (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ फागुन । गायिका इन्दिरा तिवारीको स्वरमा ‘हल्का हल्का गुनगुनायो’ बोलको गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द, संगीत रहेको उक्त गीतको भिडियोलाई प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।
उक्त गीतमा युवराज चौलागाईंले स्वरमा साथ दिएका छन् इन्दिरालाई । महाराज थापाको संगीत संयोजन रहेको गीतमा प्रकाश केसीले मिक्सिङ र माष्टरिङ गरेका छन् ।
निशान कश्यपको निर्देशन र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको गीतको भिडियोमा सृष्टि खड्का र निराजन प्रधानलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ मुस्ताङ् र वरपरका सुन्दर दृष्य समेटिएको गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । भिडियोमा बुद्ध थापाको छायाँकन र सुरेश काफ्लेको ड्रोन रहेको छ । दर्जनौँ गीतमार्फत स्रोता÷दर्शकको मन मष्तिकमा राज गर्न सफल इन्दिराका मायाप्रेम, आधुनिक, तीजकालगायत थुप्रै गीत सार्वजनिक छन् । ‘मेरा अन्य गीतजस्तै ‘हल्का हल्का गुनगुनायो’ले पनि स्रोता÷दर्शकको साथ पाउनेमा आशावादी छु’, इन्दिराले भनिन् ।

प्रतिक्रिया दिनुहोस्