Logo
Logo

कतारका विदेश राज्यमन्त्रीले आज प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्ने


315
Shares

काठमाडौं । कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल मुरैखीले प्रधानमन्त्री र परराष्ट्र मन्त्रीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्दैछन् ।

दुई दिने औपचारिक भ्रमणमा बिहीबार अपराह्न काठमाडौं आइपुगेका उनले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एन पी साउदसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेश राज्यमन्त्री अल मुरैखीले आजै परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । त्यसपछि उनी आज नै स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्