काठमाडौं । नेपाल सुपर लिग सिजन–२ मा बिवाईडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंकले ललितपुर सिटी फुटबल क्लबसगँ सहकार्य गर्ने भएको छ ।
यस सिजनमा बिवाईडी क्लवको मोविलिटी पार्टनर हुने सम्झैता भएको हो । ९ ओटा फ्रेन्चाईज टोली रहेको नोभेम्बर २४ देखि हुन लागेको नेपाल सुपर लिग सिजन २ मा ललितपुर सिटी फुटबल क्लबले प्रतिस्पर्धा गर्दैछ ।
यो सम्झौताले नविन ऊर्जा, मोविलिटी दिगोपन र विविधता छुट्टै आयाम आउने विश्वास लिइएको छ । खेलको माध्यमबाटबाट दीर्घकालिन स्थिरताका लागि ठुलो योगदान हुन सक्ने साइमेक्स र बिवाईडीको विश्वास छ ।
ललितपुर सिटी क्लबको जर्सिमा बिवाईडीको लोगो राखिने छ। जसले अटोमोटिभ इनोभेसन र एथलेटिकको प्रतिकको रुपमा लिइएको छ ।
बिवाईडीले यस अघि पनि यस क्लबलाई २०२१ मा सम्पन्न नेपाल सुपर लिगमा क्लवसगँ सहकार्य गरेको थियो ।
ललितपुर सिटी क्लबसगँको सहकार्य नविकरण गर्न पाउँदा आफुहरु उत्सुक भएको साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत शाहिल श्रेष्ठले बताए ।