
काठमाडौं । मनकामना केवलकार सञ्चालन भएको २५ वर्ष पूरा भएको छ । वि.स २०५५ सालदेखि गोरखामा सञ्चालनमा आएको मनकामना केवलकार आजबाट २५ वर्ष पूरा गरि २६ वर्षमा प्रवेश गरेको हो ।
मनकामना दर्शन प्रालिले यात्रुजनको माया र स्नेहका कारण आज केवलकार सञ्चालनले निरन्तरता पाएको भन्दै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद प्रकट गरेको छ ।
केबुलकारको नियमित संचालनपश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्रहरु एक प्रमुख पर्यटकीय गन्तब्यका रुपमा स्थापित भएका छन् ।
यस प्रालिका संस्थापक स्वर्गिय लक्ष्मणबाबु श्रेष्ठ हुन् । ३.०२ किलोमिटर लामो यो केबलकार अष्ट्रेलियाको डोपल मायर कम्पनीको प्रत्यक्ष निगरानीमा निर्माण गरिएको थियो ।














