काठमाडौं । नेपाल रिटर्नी एसोसिएसन नेपालको टोली जाजरकोट र रुकुमका भूकम्प पीडितलाई राहत वितरण गर्न जाजरकोट प्रस्थान गरेको छ ।
नेकपा एकीकृत समाजवादी निकट नेपाल रिटर्नी एशोसिएशनले जाजरकोट र रुकुम पश्चिम लगायत क्षेत्रका भूकम्प पीडितका लागि ३ सय थान डब्बल बेड फाइबर सिरक वितरणका लागि काठमाडौंबाट गएको एसोसिएसनका अध्यक्ष प्रविण पौडेलले जानकारी दिए ।
एसोसिएसनका अध्यक्ष पौडेलले भूकम्पपीडितका लागि सबैले आफ्ना ठाउँबाट सकेको सहयोग गर्न अपिल समेत गरेका छन् ।अध्यक्ष पौडेलका साथमा सचिव प्रकास मोहरा साथै बम बहादुर विसी को टोली प्रस्थान गरेको छ ।
एसोसीएसनले यस अघि भूकम्प प्रभावितहरूलाई सहयोग गर्ने उद्देश्यले नेकपा एकीकृत समाजवादी पार्टीको राहत तथा उद्धार कोषमा ५० हजार रकम समेत जम्मा गरिसकेको अध्यक्ष पौड्यालले बताए ।