Logo
Logo

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष केसीले लिए शपथ


208
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् ।

शपथग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

बैंकको २०८० मंसिर ७ गते बसेको ४९१औँ सञ्चालक समितिको बैंठकले केसीलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो । अध्यक्ष केसी एक सफल युवा व्यवसायीको रुपमा स्थापित भइ हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तीय संस्था एवं अन्य क्षेत्रमा पनि आबद्ध रहँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्