Logo
Logo

सर्वोच्चले माग्यो माइतीघर निषेधित क्षेत्र घोषणाको कारण


1.2k
Shares

काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण मागेको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले शुक्रबार हालै मात्रै सरकारले माइतीघर मण्डलालाई निषधित गरेको विषयमा कारण खोजेको हो ।

माइतीघर मण्डलामा निषेधित क्षेत्र घोषणा गर्नु गलत रहेको भन्दै अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । सोही रिटमा सर्वोच्चले कारण मागेको हो ।

मंसिर ७ गते काठमाडौंमा युवा संघ र राजावादी दुर्गा प्रसाईंको प्रदर्शनको पूर्वसन्ध्याम सरकारले माइतीघर मण्डलासहित काठमाडौंको विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्