काठमाडौं । नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २६ जना प्रहरीलाई एक साता भित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आज (आइतबार) एक सूचना जारी गर्दै सम्पर्कमा नअनएका २६ प्रहरी कर्मचारीलाई एक साता भित्र हाजिर हुन आउन आग्रह गरेको हो ।
आफूखुसी गैर हाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ।
सूचना प्रकाशित भएको सात दिनभित्र गैर हाजिर रहनुको कारणसहित उपस्थितनभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने कार्यालयले जनाएको छ।