Logo
Logo

अरिङ्गालको टोकाइबाट इलाममा एक जनाको मृत्यु


756
Shares

काठमाडौं । इलामको देउमाइ नगरपालिकामा अरिङ्गालले टोकेर एक जनाको ज्यान गएको छ।

देउमाइ नगरपालिका–९ मादेबुङका ४५ वर्षीय खम्बासिंह पिठा कोटे मगरलाई दुई दिन अघि घर नजिकै बारीमा रहेको रुखमा रहेको अरिङ्गालले टोकेको थियो।

अरिङ्गालले टोकेर घाइते भएका मगरलाई उपचारका लागि झापाको विएण्डसी अस्पताल लगिएको थियो। उपचारकै क्रममा मगरको शनिबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्