Logo
Logo

एनआईसी एशियाका सञ्चालक संघाइ सीआईपी सम्मानद्वारा सम्मानित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघाईलाई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याएवापत नेपाल सरकारको ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ सम्मानबाट विभूषित हुनुभएको छ । सीआईपी सम्मान निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबै भन्दा ठूलो सम्मान हो । नेपाल सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत मंगलवार आयोजना गरेको एक विशेष समारोहमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका सञ्चालक संघाईलाई महत्वपूर्ण व्यावसायिक व्यक्तिको परिचयपत्र, सीआईपी लोगो तथा प्रमाणपत्रले विभूषित गरी सम्मान प्रदान गर्नुभएको थियो । उहाँ अध्यक्ष रहनुभएको त्रिवेणी स्पिनिङ मिल्स प्रालि (बारा) नेपालबाट तेस्रो मुलुकमा सबैभन्दा बढी रकमको वस्तु (धागो) निर्यात गर्ने अग्रणी उद्योगको रुपमा रहेकाले उक्त सम्मानबाट उहाँलाई नेपाल सरकारले विभुषित गरेको हो ।

बैंकका सञ्चालक संघाई सम्मानित हुनुभएको सुखद् अवसरमा समस्त बैंक परिवार हार्दिक बधाइ ज्ञापन गर्नुका साथै आगामी दिनहरुमा यस्तै कामका लागि वहाँलाई थप प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गरेको छ । बैंकका सञ्चालक संघाईलाई सम्मान गरेकामा नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्न गरेको छ । साथै, यस प्रकारको सम्मानबाट विभुषित हुनुहुने “महत्वपूर्ण व्यावसायिक व्यक्ति” हरुले नेपाल सरकारको तर्फबाट विभिन्न सुबिधाहरुका साथै विमानस्थलमा भिआईपी कक्षको सुविधा, उद्योग वाणिज्यसँग सम्बन्धित सबै समारोहहरुमा प्राथमिकताकासाथ आमन्त्रण र आसनग्रहणको व्यवस्था लगायत विदेशमा हुने व्यापारिक तथा औद्योगिक मेला एवं प्रदर्शनीहरुमा प्रतिनिधित्व गर्न प्राथमिकता पाउने व्यवस्थाले सम्मानित व्यक्तित्वहरुमा थप सकारात्मक उर्जा प्रदान हुने भई देशले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न थप योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्