Logo
Logo

अरिजीतले नेपाली झन्डा ओढेर गीत गाएपछि राजेशले दिए यस्तो प्रतिक्रिया



काठमाडौं । गायक राजेशपायल राईले भरतीय कलाकार अरिजित सिंह र रणबीर कपुरले नेपाललाई गरेको सम्मान जनक क्रियाकलाप प्रति प्रतिक्रिया दिएका छन् ।

गायक राईले भारतीय गायक अरिजीत सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको र इण्डियन आइडलको मञ्चमा नेपाली प्रतिस्पर्धी मेनुका पौडेलको खुट्टा छोएको सन्दर्भलाई लिएर प्रतिक्रिया दिएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै भारतीय कलाकारले नेपाली झन्डा ओढेर गाउँदा भारतमा त्यसको नकारात्मक टिकाटिप्पणी नभएको भन्दै नेपाली कलाकारले त्यसो गरेको भए के हुन्थ्यो भन्दै जिज्ञासा राखेका छन् ।

उनले लेखेका छन्, ‘अरिजीत सिंहले नेपाली झन्डा ओढेजसरी अथवा रणवीर कपुरले नेपाली चेलीको खुट्टा छोएर आशीर्वाद मागेजसरी हामी नेपाली कलाकारले त्यसरी नै भारतमा भारतको झन्डा या कुनै पनि देशमा प्रस्तुति दिँदा त्यही देशको झन्डा बोकेको भए हामीले माफी र गाली पाउथ्यौँ कि नाईं ?’

गत शनिबार साँझ अरिजीतले काठमाडौंमा भएको सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिएका थिए । जसमा उनले फ्यानले दिएको नेपालको झन्डा काँधमा आढेर गीत गाएका थिए ।

प्रतिक्रिया दिनुहोस्