Logo
Logo

कोरोना कहर : २ हजार नयाँ विरामी थपिए, १६ सय बढीको मृत्यु


(सिन्ह्वा)


त्रिभुवन इन्टरनेशनल विमानस्थलमा नेपाली विद्यार्थी लिएर आएको नेपाल एयरलाइन्सको विमान । तस्बिर : एपी

बेइजिङ, ४ फागुन (सिन्ह्वा) । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबारसम्ममा एक हजार ६६५ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो एकै दिनमा थप १४२ जनाको मृत्यु भएको हो ।
उनीहरुले कोरोनाको संक्रमण थप दुई हजार ९ जनामा देखिएको पनि जानकारी दिएका छन् । संक्रमितहरु चीनका ३१ वटा प्रान्तका रहेका छन् । थप मृत्यु भएका मध्ये १३९ जना हुवेइ प्रान्तका रहेका छन् भने सिचुवान प्रान्तका दुई र हुनान प्रान्तका एक जना रहेका छन् । चिनियाँ स्वास्थ्य आयोगका अधिकारीहरुले शनिबार मात्रै थप १९ सय १८ जना नयाँ संक्रमणको आशंका गरिएको छ ।
संक्रमितमध्ये २१९ जना शनिबार थप गम्भीर विरामी भएका छन् भने १३ सय २३ जना स्वास्थ्यमा सुधार आएपछि घर फर्किएका छन् । कोरोना भाइरसबाट संक्रमित हुनेहरुको कुल संख्या अहिलेसम्म ६५ हजार ५०० पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले ११ हजार २७२ जनाको अवस्था सुधार उन्मुख रहेको पनि बताएका छन् । त्यसैगरी ८ हजार २२८ जनामा आशंका गरिएको छ ।
संक्रमित भएर उपचार गराइएका मध्ये अहिलेसम्म ९४ हजार १९ जना उपचारपछि घर फर्किएका छन् । आयोगले ५ लाख २९ हजार ४ सय १८ विरामी नियमित सम्पर्कमा रहेको जनाएको छ । यो भाइरसको संक्रमण सन् २०१९ को डिसेम्बरमा चीनको उहानबाट देखिन थालेको हो भने यसको पहिचान पहिलो पटक डिसेम्बर ३१ मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्