Logo
Logo

‘ऐरी’बाट बलिउडमा प्रवेश गर्दै प्रदीप खड्का



काठमाडौं । अभिनेता प्रदीप खड्का बलिउड फिल्ममा देखिने भएका छन् । ‘ऐरी’ मार्फत उनले बलिउडमा प्रवेश गर्न लागेका हुन् ।

मंगलबार निर्माता टिमले पोस्टर र टिजर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेका हुन् । सार्वजनिक टिजरमा अभिनेता प्रदीप खड्कालाई मात्र प्रस्तुत गरिएको छ ।

फिल्मका लागि अन्य कलाकार फाइनल हुन बाँकी छ । प्रदीप खड्काका प्रेस सल्लाहकार रामजी ज्ञावलीका अनुसार फिल्ममा अधिकांश भारतीय कलाकार रहनेछ ।

जीवन थापाले निर्देशन गर्ने फिल्ममा सुवाष काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको लगानी रहने छ । सुवास काले र प्रशान्तकुमार गुप्ता प्रदीपको फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणका निर्माता हुन् ।

यो फिल्मको छायांकन भारतमै हुनेछ । फिल्म हिन्दीसँगै तमिल र तेलुगू भाषामा समेत निर्माण हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्