Logo
Logo

‘कोरोना भाइरस’विरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान

(सिन्ह्वा)


- दृष्टि न्युज/संवाददाता


म्युनिख, जर्मनी, ४ फागुन (सिन्ह्वा) । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभरी फैलिएको र हजारौँको मृत्यु भएको कोरोना भाइरसविरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ ।
संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले शनिबार आयोजित ५६औँ म्युनिख सुरक्षा सम्मेलनमा बोल्ने क्रममा यस्तो आह्वान गरेका हुन् । ‘हामी सबै एउटै तरिकाले लाग्नुपर्दछ, नकी एक्ला एक्लै,’ उनले जोड दिएर भने । उनले सबै देशहरुले एक अर्कालाई घृणा गर्ने र आलोचना गर्ने कार्य तत्काल बन्द गर्नुेमा पनि जोड दिएका छन् ।
रोगको महामारीविरुद्ध लड्न सबैलाई तयारी अवस्थामा रहन पनि संगठनका प्रमुख टड्रोसले आग्रह गर्नुभयो । उहाँले त्यसका लागि लगानी गर्नुपर्ने बताए । विश्वमा आतंकवाद नियन्त्रणका लागि करोडौँ डलर लगानी भइरहेको स्मरण गराउँदै उनले यस्ता रोग नियन्त्रणका लागि भने पर्याप्त लगानी र चासो नदिइएको टिप्पणी गरे । महामारी रोगहरुलाई नियन्त्रण गर्नका लागि आर्थिक, राजनीतिक र सांस्कृतिक रुपमा सबै जना एकजुट हुनुपर्ने खाँचो रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्