Logo
Logo

नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ एजुकेशनको दशौँ वार्षिकोत्सवमा रक्तदान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको भगिनी संस्था जहाँ पूर्वाञ्चल विश्वद्यिालय तथा सिटीइभिटीबाट सम्बन्धन प्राप्त गरी विएससी नर्सिङ, पिविएनएस तथा पिसीएल नर्सिङमा अध्ययन÷अध्यापन हुने नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ एजुकेशनको दशौँ वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटी, भक्तपुरको प्राविधिक सहयोगमा यस कलेजमा अध्ययनरत विभिन्न कार्यक्रमका विद्यार्थी तथा कर्मचारी गरी ५६ जनाले रक्तदान गरे । नेपाल रेडक्रसको मानव जीवनको लागि बहुमूल्य वस्तु रगतको कमीबाट कुनै पनि व्यक्तिले मृत्युवरण गर्नु नपरोस् भन्ने हेतुले ‘रक्तदान जीवनदान’ को नारालाई सफल बनाउन यस कलेजले आफ्नो दशांै वार्षिकोत्सवको उपलक्ष्यमा ५६ पिन्ट रगत नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखालाई हस्तान्तरण गरियो ।

सो अवसरमा इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत कुलानन्द शर्माले सामाजिक सेवाअन्तर्गत मानवीय सेवालाई ख्याल गरी इन्स्च्टियुटको दशाँै वार्षिकोत्सवको अवसर पारेर रक्तदानको कार्यमा सहभागी भई मानव जीवनको बहुमूल्य वस्तु रगतले कसैको जीवन बचाउन सकिने कार्यमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले प्राविधिक सहयोग गरेकोमा धन्यवाद दिनुभयो । सोही अवसरमा हाल विश्वलाई नै आतंकित बनाइरहेको कोरोना भाइरस नामक रोगको विषयमा र उक्त रोगबाट बच्ने उपायहरु तथा त्यस्तो रोग लागिहालेमा रोगथामको उपायको विषयमा व्यानर तथा पोस्टरसमेतको वितरण गरी यस कलेजमा अध्ययन अध्यापन गर्ने विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुबाट अन्तरक्रिया कार्यक्रम समेत गरियो ।

प्रतिक्रिया दिनुहोस्