Logo
Logo

तनहुँ बस दुर्घटना अपडेट : घाइते मध्ये २ जनाको मृत्यु


1.7k
Shares

काठमाडौं । धरानबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस आज बिहान तनहुँको घासीकुवा भन्ने ठाँउमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनकुटा साँगुरीगढीका ४५ वर्षिय हस्त राई र ठेगाना नखुलेका अन्दाजी ५० वर्षका टोकबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।

धरानबाट पोखरातर्फ छुटेको ग १ ख ७८९५ नम्बरको बस पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका- १२ घाँसीकुवामा आज बिहान पौने ६ बजे सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा परि ३४ जना घाइते भएका छन्। घाइते मध्ये ९ जनालाई उपचारको लागि पोखरा पठाइएको छ। अन्यको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक खाणले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्