Logo
Logo

धुलिखेलमा सम्पन्न भयो जीपीएक्स बाइकर्स नाइट आउट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । भ्यालेन्टाइन डेको अवसरमा धुलिखेलमा जीपीएक्स बाइकर्स नाइट आउट २०२० कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार र शनिबार सम्पन्न सो नाइट आउट कार्यक्रमको अवसरमा धुलिखेलको हिमालयन मोटरल्यान्डमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो । मोटर स्पोर्ट्स नेपालको आयोजनामा सम्पन्न सो नाइट आउट चाहिं नर्थपोल होटलमा सम्पन्न भएको थियो ।

सो अवसरमा राइडरहरुका बीचमा विभिन्न अन्तरक्रिया गरिनुका साथै लाइभ म्युजिक, स्टन्ट शो र विभिन्न फन गेमहरु समेत आयोजना गरिएको थियो । बाइकर सुरज दा, कार्लोस दुलाल, राम सरदार लगायतले बाइक स्टन्ट शो गरेका थिए । साथै राइडरको मनोरञ्जनका लागि लाइभ म्युजिक र बार्बिक्युको पनि व्यवस्था गरिएको थियो । विविध खेल र गिफ्ट ह्याम्पर, डिस्काउन्ट भौचर लगायतले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो ।

नाइट आउटमा सहभागीहरुले जीपीएक्स लिजेन्ड र रेजर २२० बाइक टेष्ट राइड गरेका थिए । सो बाइकको मूल्य ४ लाख ९९ हजार ९ सय रुपैयाँ छ । सहभागीहरुले सो बाइक किनेमा १० हजार देखि ३० हजार रुपैयाँ सम्म डिस्काउन्ट समेत उपलब्ध गराइने बताइएको छ ।

मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तन्डुकारले मोटरसाइकल राइडरसँग आत्मियता कायम राख्न नाइट आउटको आयोजना गरिएको बताए । ‘मोटरसाइकल राइडिङ युवाहरुको सोखले मात्र अघि बढेको छ । यस्ता कार्यक्रमले त्यस्ता सौखिन युवालाई जमघट गराउँछ ।’ कार्यक्रमका क्रममा प्रस्तुत गरिएका विचारहरु आगामी दिनमा मोटर स्पोर्ट्सलाई थप सभ्य र आममानिस माझ पु¥याउन सहज हुने उनको भनाइ छ । नेपालका लागि जीपीएक्स मोटरसाइकलको आधिकारिक वितरक ओमेगा मोटोकर्प प्रालि नाइट आउट २०२० को मूख्य प्रायोजक रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्