
काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरू भएको हो।
कोप २८ मा सहभागी हुन युएई जानु अधि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मीक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका थिए । आजको बैठकबाट जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप(२८) बारे केही निर्णयसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने बताइएको छ ।
मंगलबारका दिन नियमित बस्दै आएको बैठक हिजो बस्न नसकेपछि प्रधानमन्त्री दाहालले आजका लागि बोलाएका थिए । प्रधानमन्त्री दाहाल आजै कोप-२८ मा भाग लिनका लागि युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।














