Logo
Logo

भृकुटीमण्डपमा जारी ब्राण्डेड जुत्ताचप्पल मेलामा ओइरिए उपभोक्ता, सस्तोमा जुत्ताचप्पल किन्ने अन्तिम अवसर छोप्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । राजधानीको भृकुटीमण्डप प्रवेशद्वारसँगैको चौरमा नेपालका प्रतिष्ठित जुत्ताचप्पल उत्पादकको प्रदर्शनीमा उपभोक्ताको भीड बढ्दै गएको छ । भृकुटीमण्डपको प्रदर्शनीहल र ठूलो चौरमा भइरहेको क्यान इन्फोटेक (मेला) मा आउने उपभोक्ता भृकुटीमण्डप प्रवेशद्वारसँगैको मेलामा अवलोकन गर्नकै लागि सर्वसाधारण प्रवेश गर्ने गरेका छन् । मेलामा आउने उपभोक्ता सस्तोमा जुत्ताचप्पल पाएपछि नलिई कोही फर्केका छैनन्, शिखर सुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाइँले भने, मेलामा असाधारण मूल्यमा ब्राण्डेड जुत्ताचप्पल उपलब्ध छन् ।

मेलामा नेपालका चर्चित ब्राण्डहरु बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज, ल्याडवाक र शुल्याण्डका जुत्ताचप्पल उपलब्ध छन् । क्यान मेलामा आउने उपभोक्तालाई लक्षित गरिएको जुत्ताचप्पल मेलामा १ सय रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखिका जुत्ता उपलब्ध रहेको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । मेलामा १५ देखि ६० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध हुने न्यौपानेले बताए ।

मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अवसर उपभोक्ताले पाएका छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने एक हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् । मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरुसमेत राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्