Logo
Logo

सुशनले ‘अन्दङ फूङ’ कस्तो बनाए ? (भिडियोसहित)



काठमाडौं । गायक सुशन साम्सोहाङ लिम्बू निर्देशक पनि बनेका छन् । सुशनले लिम्बूहरुको सांस्कृतिक मौलिकता बोकेको पालामको भिडियो निर्देशन गरेका छन् । गायक सुशनको पहिलोपटक निर्देशित ‘अन्दङ फूङ’ शीर्षक दिइएको पालामको म्युजिक भिडियो हालै सार्वनजनिक भएको छ ।

विशेषगरी पुर्वेली गीतका लागि चर्चित गायक सुशनले आफ्नो पहिलो म्युजिक भिडियो निर्देशनमा पनि लिम्बूहरुको मौलिकतालाई ‘अन्दङ फूङ’मार्फत उजागर गरेका छन् । शम्सेर सेनेहाङको शब्द संकलन रहेको ‘अन्दङ फूङ’मा लय अर्थात मेलोडी कमला साम्सोहाङको रहेको छ । यस पालामलाई इन्द्रसुशील लिम्बू र कमलाले गाएका हुन् । यस पालामका लागि सुशनले नै म्युजिक एरेञ्ज पनि गरेका छन् ।

दिनेश माङ्मुको कोरियोग्राफी रहेको यस पालामको भिडियोमा शम्सेर सेनेहाङ, इन्द्रशुसील, कमला साम्सोहाङका अलावा पुजा लावती, मीना सुम्बा इङ्नाम, जंगीश्वर कङलिबा, उदय खजुम, कविता साम्सोहाङ सेनेहाङ, गजेन्द्र योङ्हाङ, बुद्धरानी आङबुहाङ वनेम, सुस्मिता कन्दङ्वा नेयोङ, रन्बीर चान्सु, धुव्रकुमार साम्सोहाङ र विमला खोयाहाङ यङघीमको अभिनय रहेको छ । यस भिडियोलाई सुशनले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्