Logo
Logo

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा किन अड्कियो उपकुलपति नियुक्ति ?


- आनन्द श्रेष्ठ


  • आनन्द श्रेष्ठ

धरान, ६ फागुन । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति कसलाई बनाउने भन्नेबारेमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र नेकपा पार्टी नेतृत्वबीच ठूलै खिचातानी मच्चिएको छ ।

डा शेखर कोइराला बिपी प्रतिष्ठानका उपकुलपति हुँदा नै उनैको योजनामा विराटनगरमा नोबेल मेडिकल कलेजको स्थापना भएको थियो । उनले प्रतिष्ठानका राम्रा डाक्टर नर्स प्राविधिज्ञ र विद्यार्थीहरुलाई पनि नोबेलमा लगेका थिए । जबकि बिपी प्रतिष्ठानका डाक्टर कर्मचारीहरुले बाहिर गएर काम गर्न नपाउने प्रावधान छ । विराटनगरका मेडिकल कलेजहरुले प्रतिष्ठानका डाक्टर, कर्मचारीहरुलाई आर्थिक प्रलोभनमा पारेर सिटीस्क्यान, एमआरआई मेसिन बिगारेर बिरामीलाई विराटनगर जान बाध्य पार्नेसम्मका हर्कत गरेका थिए ।

विगत ७ महिनादेखि रिक्त रहेका उपकुलपतिको पदमा कसलाई ल्याउने भन्नेबारे छनोट गर्न सहकुलपति तथा स्वास्थ्यमन्त्री ढकालको सयोजकत्वमा तीन सदस्सीय छनोट समिति गठन भएको दुई हप्ता बितिसकेको छ । सो समितिले कुलपतिसमक्ष तीन जनाको नाम सिफारिस पनि गरिसकेको छ । तर तीन जनाबाट उपकुलपतिको नाम घोषणा गर्न प्रधानमन्त्रीलाई सकस पर्नुको पछाडि विराटनगरका केही मन्त्री, व्यापारी र मेडिकल माफियाहरुको ठूलै चलखेल भइरहेको बालुवाटार सूत्रले बताएको छ । समितिले सिफारिस गरेका नाममा प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्राडा गुरु खनाल, प्राडा सञ्जीव शर्मा र विराट मेडिकल कलेजका सञ्चालक ज्ञानेन्द्र गिरी रहेका छन । तीमध्ये विगत सात महिनादेखि लथालिंग भएको प्रतिष्ठानलाई व्यवस्थितरुपमा सञ्चालन गर्दै आएका कावा उपकुलपति खनाललाई नै बनाउन स्थानीय धरानका पार्टीपंक्ति बुद्धिजिवी प्रतिष्ठानका डाक्टर, कर्मचारीहरु लागिपरेका छन् । तर हालै सहकुलपति भएर आएका स्वास्थ्यमन्त्री ढकाल, उद्योग राज्यमन्त्री मोती दुगड, परशुराम बस्नेत र डा शेखर कोइरालालगायत प्रतिष्ठानभित्रकै काँग्रेसी खेमाका कर्मचारीहरु भने विराट मेडिकल कलेजका सञ्चालक ज्ञानेन्द्र गिरीलाई जसरी भए पनि उपकुलपति बनाएर प्रतिष्ठानलाई कब्जामा लिने दाउमा रहेको बताइन्छ ।

मोरड ७ बाट निर्वाचित स्वास्थ्यमन्त्री ढकाललाई चुनावताका राम्रै आर्थिक सहयोग गरेका गिरीलाई उपकुलपति बनाउन स्वास्थ्यमन्त्रीले प्रधानमन्त्रीलाई समेत दबाब दिन लगाइरहेको बताइन्छ । तर, गिरीलाई उपकुलपति बनाए स्थानीय पार्टीपंक्ति र कर्मचारीहरु रुष्ट भइ असहयोगको सामना गर्नुपर्ने डरले गर्दा पनि नाम घोषणा गर्न प्रधानमन्त्रीलाई सकस परिरहेको बताइन्छ । ७ वर्षअघि वरिष्ठताको ख्याल नगरी पैसाको चलखेलमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र स्वास्थ्यमन्त्री राजेन्द्र मेहतोले प्रतिष्ठानका डा बलभद्र दासलाई उपकुलपति बनाउँदा अहिलेसम्म त्यसको दुष्प्रभाव प्रतिष्ठानमा परेको छ । हाल डा दासलाई अख्तियारले कारवाही चलाई निलम्वनमा परेका छन् । त्यसैगरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र गगन थापा स्वास्थ्यमन्त्री भएको बेला डा राजकुमार रौनियारसँग १२ करोड घुस लिएर उपकुलपति बनाएको थियो भन्ने अझै चर्चा चलिरहेको छ । आखिर डा रौनियारलाई पनि आठ लाख घुस लिएको आरोपमा अख्तियारले मुद्दा चलाई निलम्वनमा राखेको छ । यसरी आफनो क्षेत्रमा लुट मच्चाइरहेका केही ठेकेदार, व्यापारी, उद्योगी कर्मचारी राजनीतिज्ञहरुको दबाबमा आएर यसपटक पनि प्रधानमन्त्रीले गलत मान्छेको छनोट गरेमा त्यसको दोष खप्नुपर्ने देखिन्छ । भ्रष्टचारीहरुलाई धमाधम पक्राउ गरेर कारवाही गरी नेपालकै इतिहासमा साहसिक र शक्तिशाली प्रधानमन्त्रीको रुपमा देखापरेका प्रधानमन्त्री ओेलीले यसबारेमा कस्तो निर्णय लिन्छन् भन्नेबारे तीव्र चासोको विषय बनेको छ ।

बिपी प्रतिष्ठानको विकासभन्दा पनि यसलाई धरासायी बनाउन पाए विराटनगरका मेडिकल कलेज, नर्सिङहोमहरु राम्ररी चल्नेछन् भन्ने मनस्थितिले गर्दा पनि विराटनगर बस्ने केही व्यक्तिहरुले प्रतिष्ठानमा प्रभुत्व जमाउन खोज्ने गरेको इतिहास छ । डा शेखर कोइराला बिपी प्रतिष्ठानका उपकुलपति हुँदा नै उनैको योजनामा विराटनगरमा नोबेल मेडिकल कलेजको स्थापना भएको थियो । उनले प्रतिष्ठानका राम्रा डाक्टर नर्स प्राविधिज्ञ र विद्यार्थीहरुलाई पनि नोबेलमा लगेका थिए । जबकि बिपी प्रतिष्ठानका डाक्टर कर्मचारीहरुले बाहिर गएर काम गर्न नपाउने प्रावधान छ । विराटनगरका मेडिकल कलेजहरुले प्रतिष्ठानका डाक्टर, कर्मचारीहरुलाई आर्थिक प्रलोभनमा पारेर सिटीस्क्यान, एमआरआई मेसिन बिगारेर बिरामीलाई विराटनगर जान बाध्य पार्नेसम्मका हर्कत गरेका थिए । अहिले पनि तिनै मेडिकल माफियाहरुले बिपी प्रतिष्ठानमा आएका डाक्टर विद्यार्थीहरुलाई विराटनगर पु¥याउन सजिलोका लागि उपकुलपति विराटनगरकै बनाउने भरमग्दुर प्रयासमा जुटेका छन् । जसका लागि उनीहरुले जति पनि पैसा खर्च गर्न तयारी अवस्थामा रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्