Logo
Logo

हरिले हैरान पारे : मन्दिरमा आश्रृत बद्वाको बृद्व भत्ता समेत झ्वाम


- दृष्टि न्युज/संवाददाता


धनगढी, ६ फागुन । लक्ष्मीनारायण मन्दिरका आर्थिक क्रियाकलापमा विवादित बन्दै आएका हरि न्यौपानेको असलीचरित्र दिनप्रतिदिन उदांगो बन्दै जान थालेको छ ।

उत्तर रामानुजाचार्य मठ, श्री लक्ष्मीनारायण मन्दिर सञ्चालक समितिका सहसचिव रहेर कञ्चनपुर जिल्लाको भुराकोटको जग्गालाई दलाल लगाएर बिक्री गर्नेदेखि मन्दिरका मठाधीश देवराज आचार्यले अभिभावक बनेर नेपाली नागरिकता लिएकाले उनी विवादै विवादमा तानिएका छन् । भगवानको शरणमा रहेका मन्दिरका विद्यार्थीदेखि लिएर आश्रित वृद्ववृद्वाहरु समेतलाई हरि न्यौपानेले हैरानी मात्र होइन, आर्थिक शोषणसमेत गर्ने गरेको प्रमाण फेला परेको छ ।

बैष्णब चर्तुभूज रामानुदासीले सरकारले दिने गरेको वृद्व भत्ता समेत हरि न्यौपानेले लगेको बताएका छन् । सोडा सावुन खरिद गर्नका लागि पनि साथमा पैसा छैन, चार पटक बुझेको वृद्वभत्ता पनि खाइदियो भन्छन् वृद्वा चर्तुभुज रामानुदासी । मन्दिरमा भगवानको भरोसामा सेवा गर्दै बसियो, अहिले न त सरकारले दिएको वृद्वभत्ता साथमा छ न त मन्दिरले नै राम्रोसँग खानलाउन दिन्छ, सरकारलाई मेरो कुरा पु¥यइदिनुहोस् न बाबु भन्दै कारुणिक बेदना पोख्छन् उनी ।

मन्दिरमा लामो समयदेखि बस्दै आएकी वृद्वा चर्तुभूज रामानुदासी नाम गर्नुभएकी वृद्वाले आफूलाई मन्दिरका मठाधीशले मन्दिरबाट निकाल्ने धम्की दिएको दुखेसो पोखेका छन् । सानो उमेरमा मन्दिरमा आएकी हुँ, गृहस्ती नबनेर जवानी सब मन्दिरको सेवामा खर्चिएँ, अहिले बुढेसकालमा मन्दिरबाट निस्कीहाल भन्दै मठाधीशले दिनदिनै हैरानी र तनाब दिने गरेको बताउँछिन् उनी ।

खान पनि नदिने, रोटी पनि काचो नपकाकेको दिने त्यो पनि दाँत नभएका कारण पानीमा भिजाएर खाने गर्दछु उनको दुखेसो छ । न घर छ, न त सन्तान नै, बाल्यकालमा बैतडीबाट कैलाली झरेँ, मन्दिरमा भगवानको सेवामा लीन भएँ । जब बुढो भइयो, अरुको सहारमा बाँच्नुपर्ने बेलामा कहाँ जाने उनको दुखेसो छ ।

भृराकोटको जग्गा बिक्री गरेपश्चात लक्ष्मीनारायण मन्दिरका महन्त देवराज आचार्यले धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित जग्गा प्रदान गरेपश्चात उनले आलिशान घर निर्माण गरेका थिए । जग्गा बिक्री प्रकणका मुख्य योजनाकारका रुपमा रहेका हरि न्यौपानेका नामले चिनिने (हाल दण्डपाणि) ले १ करोड ५५ लाखमा जग्गा बिक्री गरेको र त्यसबाट दलाललाई दिएका भन्दै अदृश्य रुपले ठूलो रकम आफँैले झ्वाम पारेको स्पष्ट देखिन्छ । दलाली १ लाख ५० हजार रुपैयाँ प्राप्त भएको भन्दै त्यसको लामो समयपछि मात्रै बैंक खातामा १ लाख ५० हजार उनले जम्मा गरेको भेटिनुले कमिशनको ठूलो रकम आफैँले खाएको स्पष्ट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्