Logo
Logo

प्रहरी मुख्यालयमा कोरोनाको असर ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ फागुन । चीनबाट सुरु भएर विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसले यतिबेला सबैलाई त्रसित बनाएको छ । छिमेकी देश नेपाल यसबाट पीडित नहुने कुरा भएन । नेपालका विविध क्षेत्रमा यसको असर देखिन थालेको छ ।

This undated image shows the building of Nepal Police Headquarters in Naxal, Kathmandu.

नेपाल प्रहरीमा समेत यसको असर देखिएको छ । नेपाल प्रहरीको मुख्यालयभित्रको अडिटोरियम हल निर्माण यसैको कारण अलपत्र परेको छ । हलका लागि कुर्सीहरु चीनबाट आयात गर्न लागिएको थियो । तर, कोरोना भाइरसका लागि नाका बन्द भएपछि बाटोमै उक्त सामानहरु रोकिएको छ । जसकारण अवकाशको अन्तिम दिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अन्यत्रबाट कुर्सीहरु ल्याएर नयाँ भवनको उद्घाटन गरे ।

हुन त यो उद्घाटन कार्यक्रम विवादमा पनि प¥यो । निर्माण सम्पन्न नै नभई महानिरीक्षकले अवकाशको अन्तिम दिन उद्घाटन गरेको भनेर । महानिरीक्षक खनालकै जोडमा यो भवन निर्माण भएको हो । जसकारण उनले नै यसको क्रेडिट लिनु स्वभाविक भएको कतिपय प्रहरी अधिकारीको भनाइ छ । भौतिकरुपमा खनालले संगठनलाई केही दिने प्रयास गरे । तर, पनि प्रशंसा भने पाउन सकेनन् । सबैसँग मिलेर अघि बढ्न नसक्दा उनको बिदाइसमेत अलोकप्रिय हुनपुग्यो ।

नेपाल प्रहरीमा अझै पनि धेरै कार्यालयहरुमा शौचालय छैन । सिपाहीलाई सुत्ने खाट छैन । बजेट नभएर यस्तो अवस्था आएको होइन । बजेटको सदुपयोग नभएर यस्तो अवस्था आएको हो । बजेट आउँदा एउटै काममा धेरै खर्च हुने गरेको छ ।

काठमाडौं परिसर र अपराध महाशाखाका लागि हाल १÷१ अर्बमा भवन बनाउन लागिएको छ । जबकि ८÷१० करोडमा प्रहरीले चाहिने भवन बन्छ । अर्काेतर्फ दुईवटा कार्यालय एकै ठाउँमा हुनुपर्नेमा परिसरको भद्रकाली तथा महाशाखाको टेकुमा भवन बनाउन लागिएको छ । भवनका नाममा अनावश्यकरुपमा खर्च हुन लागेको भन्दै प्रहरीभित्रै प्रश्न उठेको छ । यसतर्फ सरकारको ध्यान जानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्