Logo
Logo

राजेशपायललाई सुन्न उदयपुरको बसाहामा उर्लियाे जनसागर



काठमाडौं । चर्चित गायक राजेशपायल राईले मंगलबार साँझ उदयपुरको बसाहा जुरुक्कै उचाले । नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक एवं राई इज किङलाई आफ्नै अगाडि पाउँदा बेलटार बसाहाबासी दंग मात्र भएनन्, उनीहरु मंसिरे चिसोमा पनि पसिना आइञ्जेल राजेशपायलसँगै नाचेका थिए ।

राजेशपायलको कन्सर्ट हेर्न बसाहामा जनसागर उर्लिएको थियो । आफ्ना लोकप्रिय गायक राजेशपायलको प्रस्तुती हेर्न सुन्न उदयपुरको कुनाकुनाबाट बसाहामा उर्लिएका थिए । उनीहरुले राजेपायलले गाइञ्जेल कति पनि थकिन नमानी झुमिरहे । राजेशपायलले आफ्ना एक दर्जनभन्दा बढी चर्चित गीतहरु प्रस्तुत गरे ।

केही दिनअघि मात्र राजेशपायल अमेरिकाको आफ्नो सांगीतिक टुर छोट्याएर नेपाल आएका हुन् । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को जारी सिजनका कोच रहेकाले उनी अमेरिकाको कार्यक्रम छोट्याएका आएका हुन् । द भ्वाइसको छायाँकन सकिनेवित्तिकै उनी सांगीतिक कार्यक्रमका लागि पूर्वतिर लागेका हुन् ।

रेकर्डिङ र स्टेजका लागि उत्तिकै व्यस्त रहेका राजेशपायल नेपाल आउनेवित्तिकै व्यस्त भएका हुन् । यससँगै उनी आज मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा प्रस्तुत हुँदैछन् भने यस्तै मंसिर २२ गते पाँचथरको फिदिममा कन्सर्ट गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्