Logo
Logo

अभिनेत्री सृष्टिले भनिन्- ११ः५५ बाट मेरो इच्छा पूरा



काठमाडौं । नेपाली फिल्म ‘११ः५५’ निर्माण हुने भएको छ । केशव पाण्डेको कथा तथा निर्देशनमा यो फिल्म निर्माणको घोषणा गरिएको हो । बिहीबार पत्रकार सम्मेलन गर्दै ‘११ः५५’ सस्पेन्स थ्रीलर जनराको हुने जानकारी दिइएको छ ।

यस फिल्मले आफ्नै विशेषता बोकेका व्यक्तिले निम्त्याउने स–साना घटनाक्रमले सिर्जना गर्ने परिस्थितिलाई उजागर गर्ने बताइएको छ । निर्देशक पाण्डेका अनुसार ‘११ः५५’ मान्छेको नदेखिने पाटोमार्फत गुण वा अवगुणले निम्त्याउने घटनाक्रमलाई चित्रण गर्नेछ ।

जानकारी गराइएअनुसार यस फिल्ममा एमएस अग्रज, केशव पाण्डे र शेखर ज्ञवालीको लेखन, श्याम अर्याल र सरोजा शर्माको लगानी रहनेछ । विचित्र फिल्मसको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्दि तामाङ, एमएस अग्रज लगायतका कलाकारको अभिनय रहने भएको छ । फिल्मको छायांकन शनिबारदेखि सुरु हुने बताइएको छ ।

यस्तै, यस फिल्ममा प्रद्युमन मिश्रको छायाँकन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेति र कुशल आचार्यको संगीत र कविराज गहतराजको नृत्य निर्देशन रहने छ ।

कार्यक्रममा बोल्दै अभिनेत्री सृष्टिले भनिन्, ‘मलाई सधैं सस्पेन्स थ्रीलर फिल्ममा काम गर्न मन लाग्छ । यो फिल्मबाट मेरो इच्छा पूरा भएको छ ।’ यस्तै, फिल्मकी अर्की अभिनेत्री करिश्मा श्रेष्ठले यो फिल्ममा काम गर्दा पाउँदा उत्साहित भएको सुनाइन् ।

प्रतिक्रिया दिनुहोस्