Logo
Logo

हङकङमा गुन्जियो ‘के गुलियो छ र सखर चिनी’



काठमाडौं । गायक पदम राईले हङकङबासी नेपालीलाई आफ्नो सांगीतिक जादूमा झुमाएका छन् । गायक पदम राइर्ले यही १६ मंसिरमा हङकङमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिएका थिए । जहाँ सयौँका संख्यामा उपस्थित दर्शकलाई आफुसँगै नचाउन उनी सफल भएका छन् ।

एभरेष्ट इन्टरटेनमेन्ट ट्रेडिङद्वारा हङकङस्थित याक एण्ड यति रेष्टुरेण्ट एण्ड बारमा आयोजित सांगीतिक कार्यक्रममा गायक राईले आफ्ना एक दर्जनभन्दा बढी गीतहरु गाएका थिए । कार्यक्रममा गायिका खुशी थुलुङको पनि दमदार प्रस्तुति रहेको थियो । पछिल्लो समय खुसी राई पनि चम्किँदै गरेकी गायिका हुन् । उनी पनि पदमसँगै सांगीतिक कार्यक्रमका लागि हङकङ पुगेकी हुन् ।

गत महिना दक्षिण कोरियाको सांगीतिक भ्रमण सकाएर नेपाल फर्केलगतै पूर्वाञ्चलको इलाम, पाँचथर, धरान, इटहरी लगायतका स्थानमा सांगीतिक कार्यक्रममा गरेपछि पदम हङकङ गएका हुन् । गायक राईका ‘के गुलियो छ र सखर चिनी‘, ‘पछि पछि लागेर’, ‘जागिर खान्छु सरकारी अड्डामा’, ‘यसो हेरे पुर्वतिर’ जस्ता गीत चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्