Logo
Logo

गायिका अमृताकाे ‘खोई त कुरा बुझेको’ (भिडियोसहित)



काठमाडौं । गायिका तथा मोडल अमृता लिम्बूको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायिका अमृतासँगै शायल हेल्लोक लिम्बूको युगल स्वर रहेको ‘खोई त मेरो कुरा बुझेको’ बोल गीतको यस भिडियो शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गायिका अमृता विशेषगरी पुर्वेली फ्लेभरको आधुनिक गीतका लागि चर्चित छिन् । तर, यसपटक अमृताले यसअघिका आफ्ना गीतहरुभन्दा फरक स्वाद दर्शक तथा श्रोतालाई फस्कने प्रयास गरेकी छन् । पुर्वेली लोकलयमै तयार पारिएको भएपनि यस गीतलाई अमृता र शायलले फिल्मीशैलीमा गाएका छन् ।

गायनसँगै मोडलिङसमेत आएकी अमृताले विशेषगरी आफ्नो गीतको भिडियोमा मोडलिङ तथा अभिनय गर्दै आएकी छन् । तर, यस भिडियोमा भने उनले धित् खोलेर नाचेकी छन् ताकि, यस गीतको भिडियोमार्फत अमृताले आफूलाई नृत्यमा समेत अब्बल छन् । भिडियोमा अमृतासँग विनोद न्यौपानेले अनस्क्रिन रोमान्स गरेका छन् । भिडियोमा अमृता र विनोदको केमेष्ट्रि समेत जमेको छ ।

डिपी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको यस गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् । प्रमोद भण्डारीको कोरियोग्राफी रहेको यस भिडियोलाई निश्चल पौडेलले छायाँकन गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् । यस भिडियोलाई गायक शायल लिम्बूकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्