Logo
Logo

सर्वोकृष्ट पुरुष र महिला वर्ष खेलाडीलाई ग्लोबल आइएमई बैंकको नगद पुरस्कार प्रायोजन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघद्वारा आयोजित स्र्पोट्स अवार्ड २०७५ मा सर्वोकृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने नगद पुरस्कार प्रायोजन गरेको छ । पुरुष तर्फ सर्वोकृष्ट हुनुभएका प्याराग्लाइडिङका विमल अधिकारी र महिलातर्फ सर्वोकृष्ट हुनुभएकी तेकवान्दोकी नीमा गुरुङलाई यस बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले जनही रु एक लाखको चेक हस्तान्तरण गर्नुभएको छ ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नेपाली खेलकुदको विकास र विस्तारका लागि निरन्तररुपमा खटिई काम गर्ने संघसंस्था, व्यक्तित्वलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीको मनोबल बढाउने उद्देश्यले विगत १३ वर्षदेखि निरन्तर स्र्पोट्स अवार्ड प्रदान गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै १४औँ एनएनआइपिए स्र्पोट्स अवार्ड फागुन ६ गते वसन्तपुरको डवलीमा आयोजना गरिएको थियो ।

कर्पोरेट क्षेत्रको प्रत्यक्ष सहभागिताले खेलाडीको मनोबल बढाइ समग्र खेल क्षेत्रकै विकासमा महत्वपूर्ण योगदान पुग्नसक्ने कुरालाई दृष्टिगत गरी बैंकले खेलाडीलाई प्रदान गरिने विभिन्न पुरस्कारमा प्रायोजन गर्दै आइरहेको छ । बैंकले खेलप्रतिको यस सहयोगले खेलाडीमा हौसला प्रदान भई समग्र नेपाली खेल क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्