Logo
Logo

एनएमबी बैंक र आशुतोष इनर्जीबीच लगानी सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनएमबी बैक लिमिटेडले आशुतोष इनर्जी प्रालिद्घारा प्रवद्र्घित लम्जुङ जिल्लाको दूधपोखरी गाउँपालिका तथा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा अवस्थित ८.६३ मेगावाटको चेपे खोला साना जलविद्युत् आयोजनामा लगानी गर्नका लागि सम्झौता गरेको छ ।

८.६३ मेगावाट क्षमता भएको चेपेखोला साना जलविद्युत् आयोजनाको कुल लागत रु १ अर्ब ५० करोड रहनेछ । जसमध्ये बैकको लगानी कुल रु एक अर्ब १२ करोड ५० लाख हुनेछ । यससँगै एनएमबी बैकको कुल ४० वटा जलविद्युत् आयोजनामा लगानी हुनेछ ।

चेपेखोला साना जलविद्युत आयोजनामा जलविद्युत् क्षेत्रका अनुभवी प्रवद्र्घकहरु तथा स्थानीय बासिन्दाको लगानीमा निर्माण हँुदैछ । व्यापारिक उत्पादन शुरु गर्नुपर्ने २०७८ फागुन ९ गते भएतापनि कम्पनीले ४ महिना अगावै व्यापारिक उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ । विद्युत्गृहबाट उत्पादित विद्युत् लमजुङ जिल्लामा अवस्थित कीर्तिपुर सवस्टेशनमा जडान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्