Logo
Logo

काश्मिरमा दुर्घटना, ९ जनाको मृत्यु, ५ घाइते


- दृष्टि न्युज/संवाददाता


नयाँदिल्ली, ११ फागुन (एजेन्सी) । भारत नियन्त्रित काश्मिरमा शनिबार भएको बस दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । भिरबाट खोंचमा झरेको यात्रुबाहक बसमा सवार अरु पाँच जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
काश्मिरको कथौ जिल्लाको माल्हार क्षेत्रमा शनिबार बेलुका उक्त दुर्घटना भएको हो । घाइते तथा मृत्यु भएका मध्ये केही महिला र बालबालिका रहेका छन् । दुर्घटना भएको सवारी साधनमा १४ जना यात्रु रहेका थिए भने सवारी साधन तिव्र गतिमा रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्