Logo
Logo

धनगढी महोत्सवमा पल शाहको ३ तोला सुनको ब्रासलेट हरायो



काठमाडौं । धनगढी महोत्सवमा नायक पल शाहको ब्रासलेट हराएको छ । उद्योग वाणिज्य महासंघ कैलालीले धनगढीमा आयोजना गरेको महोत्सवमा शनिवार प्रस्तुति दिइरहेका बेला पल शाह भनेर चिनिने पूर्णविक्रम शाहको करिब ३ तोला बराबरको सुनको ब्रासलेट हराएको हो ।

ब्रासलेट खोज्न सिसिटिभी हेरिए पनि अहिलेसम्म फेला नपरेको महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले जानकारी दिए । हराएको ब्रासलेट हालसम्म फेला परेको छैन । तर, पलले भने ब्रासलेट हराएकोमा कुनै गुनासो गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्