Logo
Logo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

अहमदाबाद, १२ फागुन (एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुगेका छन् ।
राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको छ । ट्रम्प सवारी हुने सडकका दायाँबायाँ ठूलो संख्यामा मानिसहरु ट्रम्पलाई स्वागत गर्न भेला भएका छन् । राष्ट्रपति ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद विमानस्थलमा स्वागत गरेका थिए ।
मोदीको गृहराज्य गुजरातमा निर्माण भएको विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालामा आयोजना हुने विशाल सभालाई राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नु हुनेछ । यहाँ करिब १ लाख व्यक्ति सहभागी हुने अनुमान गरिएको छ । भ्रमणमा राष्ट्रपतिका साथ उहाँकी पत्नी मेलानीया ट्रम्प समेत अन्य विशिष्ट व्यक्तिहरु सहभागी रहेका छन् ।
विमानस्थलबाट राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानीया ट्रम्प सावरमती आश्रम (गान्धी आश्रम) मा गए । त्यसपछि उनीहरु क्रिकेट रंगशालामा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्