Logo
Logo

भारत भ्रमणमा ट्रम्पको स्वार्थ ?


- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)


  • रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

नेपालमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत ५५ अर्बको अनुदान सहयोग लिने कि नलिने भन्ने विवाद सत्तारुढ नेकपाभित्रै चर्किएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण छिमेकी भारतको दुईदिने भ्रमणमा छन् ।

राष्ट्रपति ट्रम्पको यो भारत भ्रमण आगामी नोभेम्बर ३ मा हुन लागेको अमेरिकी राष्ट्रपतिको चुनावलाई ध्यानमा राखेर गरिएको हो भनिन्छ । अमेरिकामा भारतीयमूलका मतदाताहरुको संख्या ४० लाखभन्दा बढी छ । त्यसमा पनि गुजरातीहरु सबभन्दा बढी छन् । तर ट्रम्पले यो भोटमध्ये कति आफ्नो पोल्टामा पार्न सक्दछन्, त्यो त आउँदो निर्वाचनले नै बताउनेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो गृहराज्य गुजरातमा ट्रम्पलाई भव्य स्वागत गरेका छन् । ट्रम्पलाई गरिएको यो स्वागत भारतमा कुनै पनि विदेशी नेताहरुलाई गरिएको स्वागतभन्दा उत्कृष्ट भएको बताइन्छ ।

अमेरिका–भारतको सबभन्दा ठूलो व्यापारिक साझेदार देश हो । सन् २०१९ को पहिलो त्रैमासिकमा अमेरिकाले भारतमा ४५.३ अर्ब डलरको सामान निर्यात गरेको थियो । यसै अवधिमा भारतले ६५.६ अर्ब डलरको उत्पादन र सेवा अमेरिका निर्यात गरेको थियो । दुई देशबीच यस अवधिमा जम्मा १११ अर्ब डलरको कारोवार भएको तथ्यांक छ । सीआईआईको अध्ययनअनुसार अमेरिकामा लगभग एक सय भारतीय कम्पनीहरुले १८ अर्ब डलर लगानी गरेका छन् । जसमा एक लाखभन्दा बढी अमेरिकीहरुले रोजगार पाएका छन् । त्यसमध्ये सय अर्ब डलरको लगानी त टाटा समूहको मात्रै छ । जसमा ३५ हजार अमेरिकीहरुले काम गर्दछन् । यसबाट के स्पष्ट हुन्छ भने अमेरिकाका लागि भारत र भारतका लागि अमेरिका लगानीका लागि अत्यन्त महत्वपूर्ण देश हुन् ।

आधारभूत रुपमा राष्ट्रपति ट्रम्पको यो भारत भ्रमण आगामी नोभेम्बर ३ मा हुन लागेको अमेरिकी राष्ट्रपतिको चुनावलाई ध्यानमा राखेर गरिएको हो भनिन्छ । अमेरिकामा भारतीयमूलका मतदाताहरुको संख्या ४० लाखभन्दा बढी छ । त्यसमा पनि गुजरातीहरु सबभन्दा बढी छन् । तर ट्रम्पले यो भोटमध्ये कति आफ्नो पोल्टामा पार्न सक्दछन्, त्यो त आउँदो निर्वाचनले नै बताउनेछ । गएको राष्ट्रपतीय चुनावमा कसले सोचेको थियो, ट्रम्पले जित्लान् भनेर ? तर परिणाम उनकै पक्षमा आयो । ‘मेक अमेरिका ग्रेट एगेन’ ट्रम्पको यही नाराले विजय प्राप्त ग¥यो ।

ट्रम्पको यस भारत भ्रमणमा ठूला ठूला रक्षा सम्झौता र वाणिज्य सम्झौता हुने सम्भावना छ । यसका साथै दुई देशबीच व्यापारमा लागिरहेको भन्सार अवरोध हटाउनेबारेमा पनि कुरा हुनेछ । त्यसो त ट्रम्प कहिलेकाहीँ अनौठा अनौठा टिप्पणी गरेर चर्चामा आउने गरेका छन् । जस्तै सन् २०१७ मा मोदीसँग भेट हुनुअघि ह्वाइट हाउसमा ट्रम्पले विश्वको नक्सा देखाउँदै भनेका थिए– ‘मलाई थाहा छ, नेपाल र भूटान भारतमा पर्दछ ।’

त्यस्तै अर्को एक प्रसंगमा ट्रम्पले नेपाललाई ‘निप्पल’ (दूधको मुन्टो) र भूटानलाई ‘बटन’ (टाक) भनेर उच्चारण गरेका थिए । ट्रम्पको यस उच्चारणलाई विश्वका चर्चित मिडियाले निकै चासोका साथ प्रकाशित प्रसारित गरेका थिए । भारत विश्व आर्थिक शक्ति राष्ट्र बन्न उद्यत छ । दक्षिण एशियाको सबभन्दा ठूलो देश भारत भएको हुनाले निश्चय पनि ट्रम्प–मोदी वार्तामा यस क्षेत्रका मुलुकलगायत नेपालको विषयमा पनि अवश्य प्रसंग आएको हुनुपर्दछ ।

ट्रम्पको भारत भ्रमण हुने कुरा निश्चित भइसकेपछि नेपालको परराष्ट्र मन्त्रालय र वासिङ्टनस्थित हाम्रो दूतावासले यसबारेमा के कस्तो गृहकार्य ग¥यो वा गरेन ? त्यसको जानकारी अहिलेसम्म बाहिर आएको छैन । हाम्रा राजदूतको वास्तविक परीक्षा यस्तै बेलामा हुने हो । हाम्रो राजदूतले ह्वाइटहाउसमा राम्रो लबिङ गरेर अमेरिकी राष्ट्रपतिलाई केही घण्टाको लागि भए पनि नेपाल ल्याउन सक्दा हाम्रो सन्तुलित परराष्ट्रनीतिलाई नै टेवा पुग्ने थियो । गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भइसकेको हुँदा यो असम्भव कुरा भने होइन । सीको नेपाल भ्रमणपश्चात नेपालमा अमेरिकी चासो बढिरहेको कुरा हामी सबैले अनुभव गरिनै रहेका छौँ । यस प्रसंगमा ट्रम्पको नेपाल भ्रमणले अमेरिका–नेपालबीचको सम्बन्धलाई थप मजबुत बनाउने थियो ।

twitter:@rmshghimire

प्रतिक्रिया दिनुहोस्