Logo
Logo

प्रेम प्रस्ताव ‘नो मतलब’- फरिता खड्का, मोडल तथा कोरियोग्राफर


- दृष्टि न्युज/संवाददाता


नृत्य, अभिनय र कोरियोग्राफी । यी तीनै विधामा आफूलाई अब्बल बनाउन प्रयासरत छिन् फरिता खड्का । २० वर्षीया फरिताको लक्ष्य ‘सबैको मन–मुटुमा बस्न सक्ने कलाकार बन्ने हो ।’ नृत्यकार, ¥याम्प मोडलिङ र फेसन कोरियोग्राफी हुँदै फरिता अब फिल्म ‘माया के होला’मार्फत अभिनेत्रीमा डेब्यू गर्दैछिन् । जुन फिल्म चाँडै फ्लोरमा जाँदैछ । बागबजारस्थित पद्मकन्या (पीके) बुहमुखी क्याम्पस नृत्यकै विषय लिएर ब्याचुलर अध्ययनरत फरिता हिजोआज फिल्म ‘माया के होला’को पूर्व तयारीमा व्यस्त छिन् । उदयपुरकी फरिता आफ्नो रुचिको विषय अँगाल्न पाउँदा खुसी छिन् । ‘सानो छँदा आँगन र स्कुलको स्टेजमा नाच्थेँ’ रहर फुकाउँदै फरिताले भनिन्, ‘तर, त्योबेला नाचेको कसैले देख्दैनथिए, अहिले नाचेको देशविदेशमा देख्छन्, खुसी लाग्छ ।’ यिनै फरितासँग एमपी सुब्बाको जम्काभेट :

हिजोआज के गर्दै हुनुहुन्छ ?

प्रोगामहरुमै व्यस्त छु भन्नुप¥यो । स्कुलमा पनि डान्स सिकाइरहेकी छु । त्यसबाहेक फेसन शोहरु गर्दै आएकी छु ।

‘फेसन शो’ भन्नाले आफैं क्याटवाक गर्ने कि अरुलाई गराउँने ?

पहिलेचाहिँ आफैँ क्याटवाक गर्थेँ, तर, अहिले अरुलाई गराउँछु । म फेसन कोरियोग्राफर पनि हुँ ।

यो क्षेत्रमा लाग्नुभएको कति भयो ?

तीन वर्षभन्दा अलि बढी भयो । सानैदेखि नाच्थेँ । तर, व्यवसाय रुपमा कलाकारितामा लागेको चाहिँ तीन वर्ष कट्दैछ ।

सानोमा नाच्नुहुन्थ्यो । अहिले फेसन कोरियोग्राफी गर्नुहुँदोरहेछ है ?

अँ गर्छु । नृत्य मेरो मुख्य विधा हो । म नृत्यबाटै ग्ल्यामरस क्षेत्रमा प्रवेश गरेकी हुँ । अहिले त फेसन कोरियोग्राफीसँगै फिल्म र भिडियोमा अभिनय पनि गर्छु ।

फेसन कोरियोग्राफी कहाँ सिक्नुभयो ?

म विराटनगरमा हुँदा ¥याम्प मोडलिङ गर्थेँ । त्यहाँ केही फेसन शोहरुमा क्याटवाक गरेँ । काठमाडौं आएर पनि केही फेसन शोहरुमा ¥याम्पमा हिँडेकी थिएँ । त्यसपछि आफैँले कोरियोग्राफी गर्न थालेकी हुँ ।

उदयपुरको मान्छे, विराटनगर कसरी पुग्नुभयो ?

मैले विराटनगर बसेर पढेकी हुँ । त्यहाँ बसेर पढ्दापढ्दै विभिन्न फेसन शोहरुमा सहभागी हुने मौका पाएँ । म्युजिक भिडियोहरुमा पनि मोडलिङ गर्ने भएकाले ¥याम्प मोडलिङका लागि अवसर जुरेको हो ।

फिल्ममा पनि डेब्यू गर्दै हुनुहुन्छ होइन ?

हो, फिल्म ‘माया के होला’मा अभिनय गर्दैछु । यो फिल्मको शुभमुर्हुत पनि भइसकेको छ । चाँडै फ्लोरमा जाँदैछ । अहिले त्यसको लागि पनि तयारी गर्दैछु ।

नृत्य, फेसन कोरियोग्राफी र अभिनयमध्ये प्राथमकिता कुनलाई दिनुभएको छ ?

मेरा लागि सबै विधा उस्तै लाग्छ । त्यसैले तीनै विधालाई मैले प्राथमिकता दिएकी छु । कलाकार भइसकेपछि एउटा विधालाई मात्र प्राथमिकता दिन्छु भन्न पनि मिल्दैन । सकेसम्म सबै काम गर्ने मेरो सोच हो ।

ग्ल्यामरस क्षेत्र कस्तो लागिरहेको छ ?

एकदमै रमाइलो लागिरहेको छ किनकि, यो ग्ल्यामरस क्षेत्र मेरो सानैदेखिको रुचि र सौखको विषय हो । आफ्नो मनले चाहेको र रोजेको क्षेत्रमा काम गर्दा रमाइलो लाग्दोरहेछ ।

तपाइँको उद्देश्य र लक्ष्यचाहिँ के हो ?

एक कुसल कलाकार बन्ने हो । हुन त सबै कलाकार कुसल नै हुन्छन् । मचाहिँ सबैको मनमा बस्न सक्ने कलाकार बन्न चाहन्छु । अहिले गरिरहेको मिहिनेत पनि त्यसैका लागि हो ।

करिअरसँगै आफ्नो नीजि जीवनबारे केही सोच्नुभएको छ ?

कलाकारिताको विषयमा भन्नु भएको कि मायाप्रेम र घरजमको सन्दर्भमा कुरा गर्नुभएको हो । मैले अलि बुझिनँ ।

मायाप्रेमको कुरा गरेको नि ।

ए…, अहिलेसम्म त छैन हो । जति पनि साथीहरु छन् । सबै मिल्ने साथीमात्र छन् । त्यस्तो ब्वाइफ्रेण्ड त अहिलेसम्म बनाएकी छैन ।

प्रेम प्रस्तावचाहिँ कतिको आउँछ ?

खाशै आउँदैन । आएपनि वास्तै हुन्न । कति जनाले प्रेम प्रस्ताव राखे भनेर गनेर बस्ने कुरा पनि भएन । कति आए, कति गए । नो मतलव ।

कलाकारिताबाहेक अरु के गर्नुहुन्छ ?

म अध्ययन गर्छु । नृत्यकै विषय लिएर अहिले बागबजारसीथत पद्मकन्या क्याम्पसमा ब्याचुलरमा अध्ययरत छु ।

प्रतिक्रिया दिनुहोस्