Logo
Logo

भारतमा आन्दोलन हिंसात्मक बन्दै, मृत्यु हुनेको संख्या २० पुग्यो


- दृष्टि न्युज/संवाददाता


नयाँदिल्ली, १४ फागुन (एजेन्सी) । केही दिनयता भारतको राजधानी नयाँदिल्लीमा चर्किएको हिंसाले उग्ररुप लिएको छ । भारत सरकारले ल्याएको नागरिकता संशोधन ऐनको विरोधमा चर्किएको आन्दोलन हिंसामा परिणत भएको हो । उक्त साप्रदायिक हिंसामा परि मर्नेको संख्या २० पुगेको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् ।
यही सोमबार र मंगलबार उत्तरपूर्वी दिल्लीको मौजपुरको चाँदबाग क्षेत्रमा तनाव चर्किंदा थप प्रहरी परिचालन गरिएको थियो । प्रहरीले जाफराबादमा जारी नागरिकता ऐनविरोधी धर्ना स्थललाई खाली गराएको छ । दिल्लीको गोकुलपुरी क्षेत्रस्थित स्क्रैप बजारमा बुधबार बिहानै भएको छ । घटनाका प्रत्यक्षदर्शीका अनुसार आज बुधबार विहानै एक समुहले यहाँ आगजनी गरेर भागेका थिए ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

भारत सरकारले हालै जारी गरेको नयाँ नागरिकता कानुनले भारतका तीनवटा छिमेकी मुलुक पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट भागेर आएका गैरमुस्लिमहरूलाई नागरिकता दिने बाटो खुला गरेको छ । भारत आएर बसोबास गरिरहेका ६ अल्पसंख्यक समुदाय (हिन्दू, बौद्ध, जैन, पारसी, इसाई र सिख) समुदायका मानिसलाई भारतीय नागरिकता दिइएपनि मुस्लिमलाई भने नदिइने व्यवस्था भएपछि मुस्लिम समुदायले यसको बिरोध गर्दै आएका छन् ।
भारतीय संविधानको अनुच्छेद–१४ मा उल्लेखित समानताको अधिकारविरुद्ध रहेको उक्त कानून नसच्याइएसम्म आन्दोलन जारी राख्ने मुस्लिम समुदायले चेतावनी दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्