Logo
Logo

गणेशको धेरै धेरै माया (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ माघ । हङकङमा बस्दै आएका गायक गणेश न्यौपानेको नयाँ गीत ‘धेरै धेरै माया’ को भिडियो सार्वजनिक भएको छ । स्याड भर्सनको गीतको भिडियोमा केकी अधिकारी र विकास लामिछाने फिचर्ड छन् ।
गीतमा केकी र विकासबीचको असमझदारीका कारण आउने समस्यालाई देखाइएको छ । गीतमा गणेश र थिरज राईको शब्द तथा थिरजकै एरेन्ज र संगीत छ । समन अधिकारीको निर्देशन रहेको भिडियोमा विकास धमलाको सम्पादन र निरोज श्रेष्ठको छायांकन छ ।
गायक न्यौपानेले यसअघि सार्वजनिक गरेको ‘एउटा घाउ देउ अझै’ गीतको भिडियो पनि निकै चलेको थियो । समनले नै निर्देशन गरेको यो भिडियोमा सारा सिरपाली र गौरव पहाडी फिचर्ड थिए ।

प्रतिक्रिया दिनुहोस्