Logo
Logo

दोषी ठहरिए हलिउड निर्माता वाइन्स्टाइन !


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ फागुन । हलिउडका चर्चित निर्माता हार्वी वाइन्स्टाइनलाई लस एञ्लजसस्थित अदालतले दोषी ठहर गरेको छ । यौंन दुव्र्यवहारको मुद्दा खेपिरहेका वाइन्स्टाइनको अदालतले सुनुवाइ गर्दै दोषी ठहर गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार उनीमाथि लागेको पाँच आरोपमध्ये उनलाई दुईमा ओरोपमा दोषी ठहरिएको हुन् । अदालतको यस फैसलासँगै अब उनलाई ५ देखि २५ वर्षसम्म जेलको सजाय हुन सक्छ ।
सन् २०१७ को अक्टोबरमा अमेरिकन पत्रिका ‘दि न्युयोर्क टाइम्स’ र ‘द न्युयोर्कर’को रिपोर्टअनुसार वाइन्स्टाइनबिरुद्ध दर्जन बढी महिलाले यौन शोषण, दुव्र्यबहार र बलात्कारको आरोप लगाएका थिए । तीमध्ये हलिउड अभिनेत्रीहरु ग्वेनेथ पाल्ट्रो, उमा थरम्यान र सल्मा हायकले समेत उनलाई यौन शोषणको आरोप लगाएका थिए ।
वाइन्स्टाइन हलिउडका प्रभावशाली निर्माता मानिन्छन् । उनले ‘पल्प फिक्सन’, ‘सेक्सपियर इन लभ’, ‘गुड विल हन्टिङ’जस्ता बक्स अफिसमा सफल मानिएका फिल्महरु निर्माण गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्