Logo
Logo

राजधानीमा थपियो मिरा साउन्ड स्टुडियो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ फागुन । काठमाडौंको धोबिधारामा मिरा साउन्ड रेकर्डिङ स्टुडियो सञ्चालनमा आएको छ । उक्त स्टुडियोको चर्चित गायिका अञ्जु पन्तले रिवन काटेर औपचारिक उद्घाटन गरेकी छन् ।
उद्घाटनपछि गायिका पन्तले संगीतकार विकास चौधरीको व्यवस्थापनमा आएको मीरा साउन्डमा गुणस्तरीय रेकर्डिङ विश्वास व्यक्त गरिन् । गीतसंगीत एवं चलचित्र क्षेत्रमा धेरै स्टुडियोहरु भएपनि मीरा साउन्डले फरकपन दिने विश्वास ब्यक्त गर्दै गायिका पन्तले शुभकामना दिइन् ।
मीरा साउन्डमा गीतकार हरि उप्रेती, गायक लोक पौडेल संचालक रहेको छन् भने मीरा पाठक स्टुडियोको प्रोप्राइटर रहेकी छन् । संगीतकार चौधरीको व्यवस्थापनमा मिरा साउन्ड सञ्चालनमा आएको हो । मिरा साउन्डमा गीतसंगीत रेकर्डिङ, फिल्म डविङ एवं अत्याधुनिक प्रविधियुक्त क्यामेरा, ड्रोन क्यामेरालगायत फिल्म तथा म्यूजिक भिडियोको सुटिङका लागि आवश्यक पर्ने सामग्रीहरुसमेत भाडामा उपलब्ध गराइने संगीतकार चौधरीले जानकारी दिए ।
सोही अवसरमा अन्जु पन्त फाउन्डेशनलाई २५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो । उक्त रकम लेखक निर्देशक लय संग्रौला, ओम प्रतीक, उदय सुब्बा, नृत्य निर्देशक दिनेश पाख्रिन र संगीतकार विकास चौधरीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्