Logo
Logo

दश लाखको पत्रकारिता पुरस्कार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ फागुन । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ ले एक जना श्रमजीवी पत्रकारलाई दश लाख नगद रुपैयाँको ‘बसु रोटरी भोकशनल अवार्ड’ स्थापना गरेको छ ।

उक्त पुरस्कार २०७६ जेठ महिनामा प्रदान गरिनेछ । सुशासन र समाज परिवर्तनमा श्रमजीवी पत्रकारहरुको ठूलो भूमिका रहेको छ । खोज र अनुसन्धान पत्रकारिताले देश र समाजभित्र विद्यमान विकृति र विसंगतिलाई सार्वजनिक गरिँदै आएको छ । पत्रकारिताको यस्तो अभ्यासले सुशासन र कानूनी राज्य स्थापनालाई ठूलो टेवा पुगेको छ ।

कम्तिमा पाँच वर्षको खोज पत्रकारिताको अनुभव भएको श्रमजीवी पत्रकारहरुमध्येबाट एक जनालाई दश लाख नगद रुपैयाँको पुरस्कारबाट रोटरी क्लबले सम्मान गर्ने बताएको छ ।

रोटरियन ई. सुरेन्द्रगोविन्द जोशीले आफू र आफ्नो श्रीमती बद्रीलक्ष्मी जोशीको नाममा उक्त पुरस्कार स्थापना गर्नुभएको हो । पुरस्कारका लागि उम्मेदवारहरुले रोटरीको फारम भर्नुपर्ने छ । त्यसको जानकारीका लागि www.rotarydistrict3292.org मा सम्पर्क गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्