Logo
Logo

अमेरिकी दूतावासको कर्मचारी बनेर ठगी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ फागुन ।
अमेरिका पठाउने विश्वास दिलाउन बिभिन्न ब्यक्तिहरुलाई आफु काठमाण्डौ स्थित अमेरकी राजदुताबासको कर्मचारी भएको बताई बिश्वासमा पारी लाखौ रकम लिई ठगी गर्दै आएका युवक पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक मेलम्ची न.पा.वडा नं.९ ज्यामिरे डाँडागाउँ घर भई हाल .कागेश्वरी मनोहरा न.पा.वडा नं.७ थली बस्ने बर्ष ४१ को बिकाश भन्ने केदार खड्कालाई महानगरीय अपराध महाशाखा टेकु बाट खटिएको प्रहरी टोलिले बिहीबार पक्राउ गरेको हो । उनले आफु अमेरिकी दूतावासको म्यानेटर भएको र सजिलै भिसा लगाइदिने भन्दै ठगी गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्