Logo
Logo

एनएमबिको १६४ औंँ शाखा रोल्पाको माडीमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनएमबि बैंकले रोल्पाको माडीमा आफ्नो १६४ औं शाखा संचालनमा ल्याएको छ । ऊर्जामन्त्री वर्षमान पुन र एनएमबि बैंकका अध्यक्ष पवनकुमार गोल्याणले संयुक्त रुपमा २०७६ फल्गुन १५ गते माडीमा बैंकको नयाँ शाखाको उद्घाटन गर्नुभयो ।

२४ वर्षदेखि ग्राहक सेवामा समर्पित एनएमबि बैंकले आफ्नो नविनतम् सेवा तथा सुविधाहरुद्वारा ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्यका साथ यस शाखा संचालनमा ल्याएको छ ।

बैंकले हाल देशभरि छरिएर रहेका आफ्ना १६४ शाखा सञ्जाल, १३१ वटा एटिएमहरु लगायत अन्य बैकल्पिक वितरण प्रणालीे समेतको माध्यमबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्