Logo
Logo

कोरोना भाइरसविरुद्धको अभियानमा मुख्यमन्त्री राईको ऐक्यबद्धता


- दृष्टि न्युज/संवाददाता


धरान, १८ फागुन । चीनका विभिन्न शहरमा फैलिएको कोरोना भाइरसका विरुद्ध मित्र राष्ट्र चीनका जनताप्रति प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले ऐक्यवद्धता तथा समवेदना प्रकट गर्नुभएको छ ।

नेपाल–चीन मितेरी संस्था, हङकङ नेपाली महासंघ तथा वातावरण तथा पर्यटन विकास केन्द्र धरानले तयार पारेको कोरोना भाइरसविरुद्धको अभियानमा हामी साथसाथ छौँ भन्ने नारा लेखिएको व्यानर पछाडि फोटो खिचाउनु भई एक्येबद्धता जनाउनुभएको थियो । मित्र राष्ट्रका जनतामाथि आइपरेको यो अकल्पनीय दुःखको घडीमा हामी सबैले सहानुभूति र ऐक्यबद्धता जनाउने अभियानमा लाग्नुभएकामा आयोजक संस्थालाई धन्यवाद दिएका थिए । शुक्रबार मुख्यमन्त्रीको कार्यालयमा भएको सो कार्यक्रममा भौतिक तथा योजना राज्यमन्त्री अम्वीरबाबु गुरुङ आयोजकको तर्फबाट सभासद किरणकुमार राई, हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना, सेड नेपालका अध्यक्ष आनन्द श्रेष्ठको उपस्थिति रहेको थियो ।

भेटको क्रममा हङकङ नेपाली महासंघका अध्यक्ष टंक रानाले झण्डै ५० हजार नेपाली बसोबास गर्ने हङकङमा पनि कोरोना भाइरसको त्रास फैलिएकोले महासंघले विभिन्न जनचेतनामूलक कार्यक्रमका साथै हजारौँ थान माक्सहरु वितरण गरेको जानकारी दिए । उनले प्रदेश नं १को विकास निर्माणमा हङकङमा बस्ने नेपालीले पनि योगदान पु¥याउँदै आएको र अझै प्रदेश सरकारसँगको सहकार्यमा विभिन्न क्षेत्रमा सहयोग गर्न सकिने बताए । उनले पूर्वकै पर्यटन विकासमा ठूलो सहयोग पु¥याउन सक्ने भेडेटारमा निर्माण हुन लागेको थाउजेन विग बुद्धको लागि महासंघले पनि विशेष चासो दिइरहेको र यस वर्ष प्रदेश सरकारले पनि भौतिक पूर्वाधारको लागि बजेट विनियोजन गरिदिएकामा धन्यवाद दिएका थिए ।

सोही कार्यक्रममा चीन–नेपाल मितेरी संस्थाका सदस्य आनन्द श्रेष्ठले कोरोना भाइरसका संक्रमणबाट मित्र राष्ट्रका जनतामा पर्न गएको ठूलो धनजनको क्षतिप्रति समवेदना र रोगको सन्त्रासबाट छिटो मुक्ति मिओस भन्ने कामना गर्न यो संस्थाले प्रदेशको १४ जिल्लामा शोकसभाहरु गर्ने र ऐक्यबद्धता व्यानर राख्ने कार्यक्रम रहेको मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्