Logo
Logo

चिसापानीदेखि गोदावरीसम्म आरक्ष बनाउन माग


- दृष्टि न्युज/संवाददाता


धनगढी, १८ फागुन । चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्च कैलालीको टोलीले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी चुरेका समसामयिक बिषयहरु समावेश गरिएको ज्ञापनपत्र बुझाएको छ । संस्थाका अध्यक्ष वीरेन्द्र रावल, उपाध्यक्ष जीवन गुरुङ, राधाकुमारी कुँवर र हेमन्त अवस्थी सहभागी रहेको टोलीले राष्ट्रपतिसमक्ष उक्त ज्ञापनपत्र बुझाएको हो ।

चुरे क्षेत्रमा बढ्दै गैरहेको अवैध उत्खनन्, नदीजन्य पदार्थको अवैधानिक ओसारपसार, चुरे क्षेत्रमा डोजर र इक्जाभेटरको प्रयोग र अवैज्ञानिक ढंगले चुरेमा सल्लाकोखोटो संकलनदेखि लिएर जडीबुटीको अवैधानिक चोरीनिकासीलगायतका कारणले वातावरण विनास बढ्न थालेको उक्त समस्याको निराकरणका लागि भन्दै राष्ट्रपतिसमक्ष ज्ञापनपत्र बुझाइएको कुरा चुरे संरक्षण मञ्च नेपाल कैलालीका अध्यक्ष वीरेन्द्रबहादुर रावलले बताए ।

पछिल्ले समयमा चुरेमा बढ्दै गैरहेको अवैध काठ तस्करी, अवैज्ञानिक सडकहरु निर्माणमा डोजर र इक्जाभेटरको प्रयोगले वातावरण विनास भई तराईमा बाढी र भूक्षयको समस्या सिर्जना हुने खतरालाई नियन्त्रण गर्नेतर्फ आवश्यक तटबन्द निर्माणदेखि लिएर वृक्षरोपणलगायतका कार्यहरु गर्नका लागि समेत ज्ञापनपत्रमार्फत माग गरिएको समेत अध्यक्ष रावलले बताए । अध्यक्ष रावलले ज्ञापनपत्र बाचन गरेर राष्ट्रपतिसमक्ष बुझाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्