Logo
Logo

राजधानीमा अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ फागुन । एभरेष्ट नेपाल कल्चरल गु्रपको अगुवाइमा राजधानीमा दशौँ संस्करणको ‘अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला’ सुरु भएको छ ।
‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने नारासहित उपराष्ट्रपति नन्दबहादुर पुनले मेलाकामे उद्घाटन गरेका छन् । कमलादीस्थित प्रज्ञा भवनमा शनिबार सुरु भएको मेलाको शुभारम्भमा बंगलादेश, बुल्गेरिया, डेनमार्क, इस्टोनिया, भारत, नेपाल, इजरायल, मलेसिया मेक्सिको, श्रीलङ्का गरी दश देशका कलाकारहरुले कला प्रस्तुत गरेका थिए ।
मेलामा १० देशबाट आएका दुईसय ५० भन्दा बढी कलाकार सहभागी छन् । ब्रज कला कुञ्जका कलाकारहरुले कुमारी नृत्य प्रस्तुत गरेर सुरु भएको मेलामा अन्य देशले आफ्नो देशको लोक सांस्कृतिक नृत्य गीत प्रस्तुत गरेका थिए ।


नेपाली लोक सांस्कृति संरक्षण तथा सम्वर्दन गर्ने प्रमुख उद्देश्यका साथ बाईस बर्ष अगाडी स्थापना भएको संस्थाले स्थापनाकालदेखि नै लोक सांस्कृति तथा पर्यटकीय विकासमा टेवा पु¥याउने उद्देश्यले आफ्नै मौलिक लोक सांस्कृतिक झल्कने कार्यक्रमहरु स्वदेश तथा बिदेशमा प्रस्तुत गरी नेपालको गरिमा बढाउने कार्य गर्दै आएको कार्यक्रमका सभापति तथा एभरेष्ट नेपाल कल्चर ग्रुपका अध्यक्ष तथा दशौंै अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला संयोजक रामचन्द्र कोइरालाले बताए ।
पर्यटन प्रवद्र्धनको उद्देश्यले भ्रमण वर्ष उत्सवकै रुपमा वर्षभरि मनाउने घोषणा गर्दा कोरोना भाइरस (कोभिड(१९)लगायत विभिन्न कारणले नेपालमा पर्यटक आउन सङ्कोच मानिरहेको सन्दर्भमा मेलामा सहभागी अन्तर्राष्ट्रिय कलाकारले नेपाल भ्रमण सुरक्षित छ भन्ने सन्देश बोकेर जाने कोइरालाले बताए । उनले आफूहरुले पर्यटन प्रवद्र्धनका लागि यति ठूलो कार्यक्रम आयोजना गरेको भएता पनि सम्बन्धित निकायले वेवास्ता गरेको गुनासो पनि व्यक्त गरे । मेला २५ फागुनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्