Logo
Logo

डिआइजीले गरे घुमुवा राख्दै असुली



काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पद सम्हालेपछि सादा पोशाकमा घुमुवा राख्न नपाउने परिपत्रपछि तराईका जिल्लाबाट हुने भन्सारछली तस्करीमा कमी आएको थियो । सशस्त्रका बाहिनी, गण, गुल्म र बिओपीका इन्चार्जहरुले सादा पोशाकमा घुमुवा राख्ने र उनीहरुले तस्करी गर्नेहरुसँग सेटिङ गर्ने गरेपछि राजस्व संकलनमा समेत कमी आएको थियो । बाहिनीका डीआईजीले सादा पोशाकमा परिचालन गरेका घुमुवा हतियार तस्करी गर्नेहरुसँग कनेक्सन देखिएपछि २ बर्षअघि बारामा पक्राउ नै परेका थिए ।

डीआईजी लक्ष्मणबहादुर सिंह र इमाम मियाँ ठकुराई

भ्रष्टाचार गर्नलाई रोकेर रोक्न सकिन्न । छाल गनेर पनि खान्छ भन्ने उखान सशस्त्र प्रहरी बलको बागमती प्रदेश(गढीमाई बाहिनी)का डीआईजी लक्ष्मणबहादुर सिंहले चरितार्थ गरेका छन् । मधेश प्रदेशमा १६ बर्ष घुमुवा बसेका इलामको श्रीअन्तु गुल्ममा सरुवा भएका हवल्दार इमाम मियाँ ठकुराईलाई डीआईजी सिंहले घुमुवा राखेका छन् । इमामले मधेश प्रदेशका ८ वटा जिल्लाबाट भन्सारछलीका सामान ल्याउने समूहसँग डीआईजीको घुमुवाका रुपमा असुली गर्ने गरेका छन् ।

इलामको श्री अन्तु गुल्ममा डेढ बर्षअघि सरुवा भएपनि उनी अस्पतालमा बिरामी भएको भनेर काजमा छन् । कागजमा उनी बिरामी भनेर अस्पतालमा छन् । तर ब्यवहारमा भने बागमती प्रदेशका डीआईजीका घुमुवाका रुपमा असुलीमा बारा र पर्सामा छन् ।

कोषराज वन्तका पालामा प्राविधिकबाट इन्फ्रेन्ट्रीतर्फ आएका लक्ष्मणबहादुर सिंह कमाण्ड क्षमता नै नभएका डिआईजी हुन् । कैैलालीको टीकापुरमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ६ प्रहरीको हत्या हुँदा सशस्त्रका एसपी लक्ष्मणबहादुर सिंह नै थिए । यदि सशस्त्रका एसपी सिंहले समयमै भीड नियन्त्रण गर्न सकेको भए कैलाली नरसंहार नहुने प्रत्यक्षदर्शीहरुले नै बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्