Logo
Logo

एनसेलको अरबौं करछलीमा सांसदहरु तै चुप मै चुप


1.8k
Shares

काठमाडौं । १ खर्ब ४३ करोड रुपैयाँमा किनेको एनसेल अजियाटाले ६ अर्ब ६६ करोड रुपैयाँमा बिक्री गर्दा ठूलो चलखेल भएको भन्दै संसदीय समितिदेखि सडकसम्म चर्को स्वरमा कराउँदैआएका स्वतन्त्र सांसद अमरेशकुमार सिंह पछिल्ला दिनमा मौन छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्मले एनसेलका सतिशलाल आचार्यसँग अरबौं रुपैयाँ लिएर सेयर खरिद बिक्री गर्न अनुमति दिएको बिषयमा चर्को स्वरमा आवाज उठाउँदैआएका अमरेशकुमार विगत १५ दिनदेखि एनसेलको उच्चारण पनि गर्न छाडेका छन् ।

आजियाटाले सतिशलाल आचार्यको स्पेक्ट्रलाइट युके लिमिटेडलाई ६ अर्ब ६६ करोड रुपैयाँमा ८० प्रतिशत सेयर बिक्री गरेको समाचार सार्वजनिक भएपछि दैनिकजसो सांसद अमरेशले संसदीय समितिमा एनसेलमा अरबौं चलखेल भएको बिषयमा बोल्दैआएका थिए ।

सिंहले एनसेलको शेयर बिक्रीमा नेपालका नेताहरुको पनि संलग्नता रहेको आरोप लगाउँदै नेताहरूलाई अर्बमा फाइदा भए पनि नेपाली जनतालाई भने खरबौँ घाटा लागेको कुरा उठाउँदैआएका थिए । सिंहले सत्ताघटकका नेताहरुको नाम लिए पनि प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सतिशलालको मिलेमतोका बारेमा भने बोलेका छैनन् । ओलीको सिंगापुरमा उपचारको ब्यवस्थापन सबै सतिशलालले नै गरेका थिए ।

एनसेल खरिद बिक्रीमा ठूलो करछली भएको र विदेशमै लेनादेना भएको बिषय गम्भीर रुपमा उठे पनि यति गम्भीर बिषय पछिल्लो समयमा सेलाउँदै गएको छ । अमरेश र रविको मौनतापछि एनसेलका संचालक सतिशलाल आचार्यले चर्को स्वरमा बोल्नेहरुलाई विस्तारै चुप गराउने काम गरेको आशंका गरिएको छ । रवि लामिछानेमाथि त मंसिर अन्तिम साता मलेसियामा जाने क्रममा सतिशलाल आचार्यकी श्रीमती भावनासिंह श्रेष्ठसँग भेटघाट गरी सेटलमेन्ट गरेको आरोप छ ।

नयाँ शक्तिका रुपमा आएको र सुशासनको पक्षपाती बताउने लामिछाने पनि एनसेलको अपारदर्शी खरिद बिक्रीमा मौन भएपछि अब दूरसंचार प्राधिकरणबाट सतिशलाल आचार्यले ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युके लिमिटेडको नाममा कायम गरिएको बिषय टुंगो लगाउनेतर्फ लागेका छन् । दूरसंचार प्राधिकरणबाट अनुमति नै नलिई आचार्यले आजियाटासँग स्पेक्ट्रलाइट युके लिमिटेडले एनसेल खरिद गरेको विज्ञप्ति सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्